विशाल राई धनगढी एफसीको मार्की खेलाडी « Khabarhub

विशाल राई धनगढी एफसीको मार्की खेलाडी


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल लिग क्लब धनगढी एफसीले राष्ट्रिय फुटबल टिमका सदस्य विशाल राईलाई मार्की खेलाडीको रुपमा भित्र्याएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी धनगढी एफसीले विशाल राईलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

धनगढीका टिम मालिक सुवासबहादुर शाही र विशालले सम्झौता पत्रमा हस्ताक्षर गरे । धनगढीका मार्की खेलाडी नियुक्त भएपछि बोल्दै विशालले टिमको लक्ष्य उपाधि उचाल्नु रहेको बताए ।

‘टिमको मार्की खेलाडी हुन पाउँदा खुसी छु । हामी जित्नका लागि खेल्ने छौँ,’ विशालले भने ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा राष्ट्रिय टिमले स्वर्ण पदक जित्दा राई टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका थिए । यसबाहेक राईले राष्ट्रिय टोलीका लागि बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कपको उपाधिसमेत उचालेका छन् ।

राष्ट्रिय टिमका नियमित सदस्य विशाल मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग जितिसकेका छन् ।

पछिल्लो सिजन मछिन्द्रले लिगको उपाधि जित्दा विशाल टिमका मुख्य खेलाडी रहेका थिए ।

धनगढी र विशालबीचको सम्झौता एक वर्षको रहने र सम्झौता रकम भने गोप्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ५२ बजे

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगे

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका

एसईईमा जफत करोड मूल्यका मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट !

काठमाडौँ – कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय