विशाल राई धनगढी एफसीको मार्की खेलाडी « Khabarhub

विशाल राई धनगढी एफसीको मार्की खेलाडी


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल लिग क्लब धनगढी एफसीले राष्ट्रिय फुटबल टिमका सदस्य विशाल राईलाई मार्की खेलाडीको रुपमा भित्र्याएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी धनगढी एफसीले विशाल राईलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

धनगढीका टिम मालिक सुवासबहादुर शाही र विशालले सम्झौता पत्रमा हस्ताक्षर गरे । धनगढीका मार्की खेलाडी नियुक्त भएपछि बोल्दै विशालले टिमको लक्ष्य उपाधि उचाल्नु रहेको बताए ।

‘टिमको मार्की खेलाडी हुन पाउँदा खुसी छु । हामी जित्नका लागि खेल्ने छौँ,’ विशालले भने ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा राष्ट्रिय टिमले स्वर्ण पदक जित्दा राई टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका थिए । यसबाहेक राईले राष्ट्रिय टोलीका लागि बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कपको उपाधिसमेत उचालेका छन् ।

राष्ट्रिय टिमका नियमित सदस्य विशाल मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग जितिसकेका छन् ।

पछिल्लो सिजन मछिन्द्रले लिगको उपाधि जित्दा विशाल टिमका मुख्य खेलाडी रहेका थिए ।

धनगढी र विशालबीचको सम्झौता एक वर्षको रहने र सम्झौता रकम भने गोप्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ५२ बजे

नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध

नेपालगञ्ज– चिसो बढ्न थालेपछि स्थानीय तहले नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने

दोधारा चाँदनी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति