प्रेसिडेन्ट लिग : सुदूरपश्चिमको स्टार सिटीको विजयी सुरुवात « Khabarhub

प्रेसिडेन्ट लिग : सुदूरपश्चिमको स्टार सिटीको विजयी सुरुवात


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– सुदुरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुवात गरेको छ ।

नेपालगन्जमा सोमबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गर्दै स्टार सिटीले सुखद सुरुवात गरेको हो ।

नेपालगन्ज रंगशालामा स्टार सिटीलाई जित दिलाउन रुप बहादुर लामाले दुई गोल गरे । यस्तै दिपक राज सिंह ठकुरीले एक गोल गरे ।

रुपबहादुर खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई बाँके जिल्ला प्रहरी प्रमुख एसपि ओमबहादुर रानाले नगद पाँच हजार प्रदान गरे ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर–१ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहट, वाग्मती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् । प्रेसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १० : १५ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण