ग्लोबल आइएमई बैंकद्वारा रोल्पामा शाखारहित बैंकिङ्ग सेवा सुरु « Khabarhub

ग्लोबल आइएमई बैंकद्वारा रोल्पामा शाखारहित बैंकिङ्ग सेवा सुरु


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय ५५ पुगेको छ ।

बैंकले रोल्पा जिल्लाको सुनिलस्मृति गाँउपालिका वडा नं. १, घोडागाँउ र वडा नं. ८, अरेस बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् । घोडागाँउमा खोलिएको सेवाको लागि मधु के.सी. र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, म्क्ष्क्ज् ज्इःभ्रऋम्ःब्रग्त्ीरल्त्ऋ को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ०७ बजे

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको

शिशु च्यापेका गृहमन्त्रीको भावुकता

काठमाडौँ – लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको