मुक्तिनाथ विकास बैंकका ग्राहकलाई 'दृष्टि आइ केयर सिस्टम'मा विशेष छुट | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘दृष्टि आइ केयर सिस्टम’मा विशेष छुट


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टम सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आइ केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँया बानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : १३ बजे

इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु

इजरायल – केही दिन अघि गाजामा भीषण हवाई आक्रमण सुरु

कोशी प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने

विराटनगर– कोशी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३

रोमानिया निर्वाचन : रुस विरोधी निकोसार राष्ट्रपतिमा निर्वाचित

रोमानिया – धेरै महिनाको राजनीतिक अशान्तिपछि रोमानियामा भएको राष्ट्रपति पदको

३१ वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

खोटाङ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको