पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मैन बत्ती

ईसापूर्व ३००० साल (पाँच हजार वर्ष पहिले) तिरै मिश्रवासीहरुले मैनबत्ती प्रयोग गर्ने गर्थे ।

२. छोटो युद्ध

बेलायत र जन्जीबार बीच ३८ मिनेटको युद्ध सन् १८९६ सालमा भएको थियो । यस युद्धलाई संसारको सबैभन्दा छोटो युद्ध मानिन्छ ।

३. ९० सालको भूकम्प

वि.सं. १९९० (सन् १९६४) सालमा नेपालमा गएको भूकम्प ८:३ रेक्टर स्केलको थियो । उक्त भूकम्पमा परी ८,५१९ जना मानिस मरेका थिए । ८०,८९३ वटा घर पूर्ण रुपमा ध्वस्त भएका थिए । १,२६,३५५ घर क्षतिग्रस्त भएका थिए ।

४. पहिलो शल्यक्रिया

सबैभन्दा पहिला रोगीलाई बेहोस पारेर सन् ३० मार्च १८४२ मा शल्यक्रिया गरिएको थियो । अमेरिकाको जर्जिया राज्यमा डाइथीयल इथरको प्रयोग गरेर जेम्स विनेविल नामक एक व्यक्तिको घाँटीमा पलाएको गाँठोको शल्यक्रिया गरिएको थियो । उक्त ऐतिहासिक शल्यक्रिया गर्ने कार्य डा. क्रोफोर्ड विलियमसन लीगले गरेका थिए ।

५. राष्ट्रपतिका शब्दहरु

३५औँ अमेरिकी राष्ट्रपति जोन एफ केनेडी प्रतिमिनेट ३२७ वटा शब्द बोल्ने गर्थे ।

साभार: ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : ५६ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६