पहाडी भेगमा हल्का वर्षाको सम्भावना « Khabarhub

पहाडी भेगमा हल्का वर्षाको सम्भावना


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार र शुक्रबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ०४ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा आंशिक बदली रहनेछ । कर्णाली प्रदेश,  गण्डकी प्रदेश  र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०५ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भु-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०६ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ०५ बजे

अझै तंग्रिन सकेका छैनन् ओली, अध्यक्षबाट तत्कालै बिदा गर्न पुगेन नेताहरूको बल

काठमाडौं- फागुन २१ को निर्वाचनमा अहिलेसम्मकै ठूलो धक्का व्यहोरेको नेकपा

६ वर्षमा शून्य उपलब्धि, पानीजहाज कार्यालयमा कर्मचारी तलबमै झण्डै २ करोड खर्च

काठमाडौं- ६ वर्षअघि ठूलो महत्वाकांक्षा सहित स्थापना गरिएको नेपाल पानीजहाज

देउवाले विश्वास गरेका उमेशलाई नै गगनले कांग्रेस कोषध्यक्षमा दोहोर्‍याए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका

निर्माण व्यवसायी महासंघको आन्दोलन जारी

काठमाडौं- आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज विकासे मन्त्रालयका सचिवहरूलाई

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)