एमाले नेपाल समूहको राष्ट्रिय भेला आजदेखि हुँदै « Khabarhub

एमाले नेपाल समूहको राष्ट्रिय भेला आजदेखि हुँदै


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल समूहले आजदेखि काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ ।

दुई दिने भेलामा सहभागी हुन जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् । नजिकैका जिल्लाबाट नेता-कार्यकर्ता आज पनि आइपुग्ने क्रम जारी छ ।

नेपाल समूहले हिजो पत्रकार सम्मेलन गरी भेलाको सम्मूर्ण तयारी पूरा भएको जानकारी गराएको थियो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले भेला गर्न लागेको हो ।

यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो ।

भेलाका लागि भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ३९ बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले