उदयपुरको एक परिवारमा अज्ञात रोगको प्रकोप, वंश नै नाश हुने खतरा ! | Khabarhub Khabarhub

उदयपुरको एक परिवारमा अज्ञात रोगको प्रकोप, वंश नै नाश हुने खतरा !


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाईघाट– उदयपुरको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एक परिवार एकैखाले रोगबाट ग्रसित भएको छ ।  शरीर काम्ने र हल्लिने यो राेगबाट परिवारका २ जना सदस्य दुर्गाबहादुर समाल मगर र उनकी श्रीमती अम्बिका समाल मगरको  मृत्यु भइसकेको छ ।

यो परिवार विगत ५ वर्षदेखि अज्ञात रोगबाट पीडित छ ।  यो रोगबाट परिवारका जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा यो अज्ञात रोग सर्दै गएको छ । स्थानीय छिमेकी कृष्णबहादुर मगरले समाल मगरको सम्पूर्ण परिवार नै यो रोगबाट ग्रसित रहेको सुनाए ।

एउटै बाजे र दाजुभाइका सन्तानमा यो अज्ञात रोग देखा परेको र यसको विभिन्न स्थानमा बिरामीलाई लगेर उपचार गराउँदासमेत रोग पत्ता लगाउन नसकिएको छिमेकी कृषबहादुर बताउँछन्नु ।

शुरुमा ५ वर्ष अघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुर समाल मगरलाई यो अज्ञात रोगले सताएको मृतक दुर्गाबहादुर मगरका भिनाजु विष्णु मगरले बताए ।

दुर्गाबहादुर मलेसियाबाट घर फर्केर आएपछि हातखुट्टा काम्ने, थर्थराउने भएपछि पटक–पटक राजधानी काठमाडौँलगायतका अस्पतालमा समेत उपचार गराउँदा पनि रोग पत्ता नलागेको र उपचार हुन नसकेपछि एक वर्ष अघि दुर्गाबहादुरको मृत्यु भएको भिनाजु विष्णु मगरले बताए ।

त्यसपछि दुर्गाबहादुर मगरकी श्रीमती अम्बिका समाल मगरलाई यो रोगले छोएको १ वर्षमा अम्बिकाको पनि मृत्यु भएको छिमेकीहरु बताउँछन् ।

अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हीरामाया आलेमगर र उनीहरुको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका ९ जना सदस्य  सिकिस्त बिरामी परेको छिमेकी बताउँछन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ५६ बजे

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू) 

काठमाडौं– लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी– युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा

हुलाक सेवासँगै व्यापार गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

मोरङ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक