अंगुर खाँदा हुने १३ भन्दा बढि फाइदा « Khabarhub

अंगुर खाँदा हुने १३ भन्दा बढि फाइदा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अहिले जताततै अंगुर पाइन्छ । यो अंगुरको सिजन हो । अंगुर हेर्दा जति आकर्षक लाग्छ, उति नै धेरै यसको फाइदा छ । यसको सेवनले कब्जियत, अपचदेखि मिर्गौला तथा मांसपेशीका समस्यासम्म फाइदा पुर्‍याउँछ ।

अंगुरमा फाइबर, कार्बोहाइड्रेट, एन्टीअक्सिडेन्ट, प्रोटिन, फ्लाभोनोइड पाइन्छ । साथै भिटामिन के, ए, सि र बी ६ का साथै पोलिफेनोस र फेनोलजस्ता जस्ता पोषण समेत पाइन्छ । यसका साथै थियामिन, रिवोफ्लाभिन, नियासिन, फोलेट र पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, सोडियमजस्ता मिनरल्स समेत अंगुरमा पाउन सकिन्छ ।

अंगुर सेवनको फाइदा :
१. अंगुरको सेवनले कब्जियत र अपचको समस्या हटाउँछ ।
२. यसको सेवनले थकान मेटाई शरीर स्फुर्त बनाउँछ ।
३. मिर्गौलाको समस्या समाधान गर्न पनि अंगुरको सेवन उपयोगी हुन्छ ।
४. हड्डी स्वस्थ राख्न, मोतिबिन्दु हुन नदिन पनि अंगुर अति उपयोगी मानिन्छ ।
५. अंगुरमा हुने पानीको मात्राले फोक्सोमा आद्रता बढाउँछ ।
६. यसको सेवनले दमका रोगीलाई पनि फाइदा पुर्याउँछ ।
७. यसमा हुने तामा, फलामजस्ता सुक्ष्मपोषक तत्वले हड्डी मजबूत पार्दछ ।
८. अंगुरले रगतमा नाइट्रिक एसिडको मात्रा बढाउँछ, जसले गर्दा रगत जम्न पाउँदैंन ।
९. यसको सेवनले हृदयाघात हुने सम्भावना कम गराउँछ ।
१०. यसमा हुने एन्टीअक्सिडेन्टले खराब कोलेस्टेरोलबाट बचाउँछ ।
११. बिहान–बिहान अंगुरको जुस पिउनाले माइग्रेन हुन पाउँदैंन ।
१२. अंगुरले दाँत सड्नबाट समेत रोकथाम गर्छ ।
१३. यसको सेवनले स्तन क्यासर, अल्जाइमर हुन दिँदैंन ।

अंगुरको बाहिरी फलमात्र होइन, भित्रको बियाँसमेत स्वस्थकर हुन्छ । अंगुरको बियाँले सुन्निने समस्या समाधान गर्छ भने मधुमेहका कारण आँखाको समस्या निम्तन दिँदैंन ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : १८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै