तनाव कम गर्न घरका सामान बाहिर निकाल्ने ! « Khabarhub

तनाव कम गर्न घरका सामान बाहिर निकाल्ने !


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शहर होस् वा चाहे गाउँ सबै सुखसुविधा भएर पनि मानिस तनाव र चिन्तामा रहने गर्दछन् । कतिपय अवस्थामा यस्ता समस्याको कुनै कारण भेटिदैन ताकि जसको निदान गर्न सकियोस् । यस्तोमा वास्तुशास्त्रले भने घरका केही कारणले मानिस तनावमय जीवन जीउने भएकाले घरभित्रबाट केही चीज बाहिर निकाल्न सुझाउँछ ।

कुनै पनि सामाग्रीको संचय गर्नु मानिसको स्वभाव हो । यहि स्वभावले मानिस बिना उपयोगका अनावश्यक सामग्री समेत जानअन्जानमा संचय गर्दछन् । तर वास्तुशास्त्रमा भने पुराना बेकारका सामान अर्थात प्रयोगहिन कबाडी सामान घरभित्र भए यसले नकारात्मक उर्जा निम्त्याउने मान्यता छ । त्यसैले अनुपयोगी र खराब सामाग्रीलाई लामो समयसम्म संचय गरेर राखे यसले घरमा नकारात्मक ऊर्जा निम्त्याउने र मानसिक तनाव सिर्जना गर्ने मान्यता छ ।

अनावश्यक सामग्रीमा बिग्रीएका इलेक्ट्रोनिक्स सामाग्री, जस्तैः फ्रिज, रेडियो, टीभी, मोबाइल, ग्याजेट, भाचिँएको खाट, ढोका, झ्याल, सिसा, बच्चाका खेलौना, च्यातिएका किताब, बिना तालाका चाबी वा चाबी बिनाको ताला, नचल्ने घडी आदि घरमा भए यसले दुर्भाग्य र समस्या निम्त्याउने मान्यता छ । तसर्थ यी सामाग्रीलाई तुरुन्त घरबाट निकाल्नु पर्दछ ।

घरको ईशान कोणमा कबाडी सामान राखेमा घरमा तनावका साथै शिक्षा, ऋण र रोग लगायतमा समस्या आउने गर्दछ । साथै घरको पूर्व दिशामा कबाडी सामान भएमा नाम र यशमा कमी आउने गर्दछ । यस अलावा कबाडी सामानले दिशा अनुसार अलग अलग प्रकारको हानी निम्त्याउने गर्दछ ।

घर, पसल, कार्यालय वा उद्योगमा माकुरोले जालो लगाए, उपयोगहिन च्यातिएका पुराना जूत्ता भए दुर्भाग्य निम्त्याउँछ । त्यसैले बिग्रीएका खराब सामाग्रीलाई बेच्ने, दान गर्ने वा फ्याक्ने गर्नु पर्दछ ।

साथै घरमा कुनै पनि पानीको धारा, पाइप, ट्याकिं रसाएको वा चुहिएको हुनु हुदैन । यस्तो भए तुरुन्त यसलाई मर्मत गर्नु पर्दछ । अन्यथा यसले समेत नकारात्मक प्रभाव पार्दछ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : ५० बजे

पश्चिम नेपालका ६ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म

वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्न गराउन अक्युपञ्चर सेवा सुरु

गोरखा– गोरखाको भीमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा

करिब दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा