मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक पक्राउ « Khabarhub

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक पक्राउ


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

रिसोर्टबाट पीडित पाँच जनालाई उद्धार गरिएको बताइएको छ । प्रनाउ विष्टका अनुसार चौधरीले पीडितहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग शारीरिक सम्पर्क गराउने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : ०५ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका