मिथिला माध्यमिकी परिक्रमा मेलाको अवसरमा आज सार्वजनिक बिदा « Khabarhub

मिथिला माध्यमिकी परिक्रमा मेलाको अवसरमा आज सार्वजनिक बिदा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) को अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज (बुधबार) परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो । मिथिला माध्यमिकी यात्राको पाँचौं दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ ।

मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

हजारौं नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले बताए ।

गत शनिबार फागुन औंशीका दिन धनुषाको ठेराकचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी आएपछि महोत्तरीको यात्रा प्रारम्भ भएको हो । अब आज पाँचौँ दिन जलेश्वरमा रात्रिविश्रामपछि छैटौं दिन मडै, सातौं दिन ध्रुवकुण्ड र आठौं दिन कञ्चनवनको बासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : ५९ बजे

अदालले फिल्म ‘लालीबजार’को सेन्सर फाइल माग्यो, प्रदर्शन रोक्कालाई निरन्तरता

काठमाडौं – उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’बारे गरेको निर्णयको सक्कल

वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

काठमाडौं- सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

काठमाडौं– राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः