बाइक चोरी आरोपमा भोजपुरी अभिनेता पक्राउ « Khabarhub

बाइक चोरी आरोपमा भोजपुरी अभिनेता पक्राउ


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भोजपुरी फिल्ममा अभिनय गरिसकेका एक अभिनेतालाई दक्षिण पूर्वी दिल्लीको एन्टी अटो थेफ्ट स्क्वाड टिमले पक्राउ गरेको छ ।

यी अभिनेता फेक करेन्सी रेकेडका मास्टरमाइण्ड रहेको र दिल्ली प्रहरीले उनीबाट ५० लाख फेक करेन्सी र चोरीका दुई बाइक बराम गरेको छ ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार आरोपी अभिनेता मोहम्मद शाहिदउर्फ राज सिंहउर्फ ललन र सैयद जैन हुसेनलाई प्रहरीले पक्राउ गरेको हो । शाहिदले भोजपुरी फिल्म ‘इलाहाबाद से इस्लामाबाद’मा काम गरिसकेका छन् ।

एन्टी अटो थेफ्ट स्क्वाडका इन्स्पेक्टर कैलाश विष्टले यो अन्रराज्य अटो लिफ्टर ग्याङको पर्दाफास गरेको हो । पक्राउ परेका शाहिदले कैयौं भोजपुरी गीतमा अभिनय गरिसकेका छन् ।

समाचारअनुसार पछिल्लो केही दिनमा दक्षिण पूर्वी जिल्लामा कैयौं गाडी चोरीका घटनाबारे प्रहरीमा निवेदन परेको थियो । त्यसपछि प्रहरीले यो विषयमा अनुसन्धान गर्न एक टिम बनाएको थियो ।

उजुरी बढेपछि प्रहरीले जमानतमा छुटेका केही अपराधीको सूची तयार पारेको थियो । त्यही सूची अनुसार प्रहरीले गरेको अपरेसनमा अभिनेता शाहिदसहित उनका साथी पक्राउ परेका हुन् ।

प्रहरीले शाहिदलाई पक्राउ गरेपछि उनले हरि नगर आश्रममा एक फिल्म स्टुडियो चलाउने गरेको खुलेको छ । उनले स्टुडियोको नाम साहिल सैनी फिल्म प्रोडक्स हाउस राखेका थिए ।

प्रहरीका अनुसार लडकाउनपछि शाहिदलाई निकै आर्थिक घाटा भएको थियो । आर्थिक घाटा भएपछि शाहिद अटो लिफ्टर सैयद जैन हुसेनको सम्पर्कमा आए ।

त्यसपछि उनी फर्जी नोटको गिरोहको सम्पर्कमा आए । यसपछि उनी बाइक चोर्ने अभियानमा लागे । अभिनेता शाहिद पाँच कक्षासम्म मात्र पढेका छन् । उनी जामियानगरको बाटला हाउसमा बस्छन् ।

प्रहरीका अनुसार उनलाई यसअघि नै ८ मुद्दा लागिसकेको छ । जसमा जालसाजी, स्नेचिङ र हातहतियारसम्बन्धी मुद्धा छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : १० बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड