किशोरीलाई बलात्कार प्रयास गर्ने एक पक्राउ « Khabarhub

किशोरीलाई बलात्कार प्रयास गर्ने एक पक्राउ


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यालयबाट घर फर्किंदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनेद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किरहेका अवस्थामा डर धम्की देखाइ स्थानीय एक होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरेपछि युवकले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए ।

जुनियादको आक्रमणबाट गम्भीर घाइते भएकी ती किशोरीलाई नेपालगञ्जस्थित बालबालिकासम्बन्धी काम गर्ने संस्थाको सेल्टरमा राखेर उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । बालिकालाई बलात्कार–हत्या प्रयास गरेपछि जुनियाद फरार थिए ।

नेपालगञ्जबाट भागेर भारत पुगेका हल्वाइलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा मङ्गलबार पक्राउ गरेर ल्याएको प्रहरी उपरीक्षक रानाले बताए । प्रहरीले आज पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरेको हो ।

किशोरीमाथि भएको बलात्कार–हत्या प्रयासका दोषीलाई पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नागरिक समाज, अधिकारकर्मी, विभिन्न संस्थाले आवाज उठाउँदै आएका थिए । घटनापछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा बलात्कार र हत्या प्रयास गरेको जाहेरी दिएको प्रहरी उपरीक्षक रानाले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : ५९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर