समृद्धिको नारालाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव « Khabarhub

समृद्धिको नारालाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई व्यवहारमा कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो ।

सरकारले आगामी २० गते (शुक्रबार) संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ ।

कार्यक्रम संसदमा पेश गर्नुअगाडि पार्टी सचिवालय वैठकमा नीति तथा कार्यक्रमबारे छलफल भएको हो ।

छलफलका क्रममा सचिवालय सदस्यहरुले नीति तथा कार्यक्रममा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने विषय समेटिनुपर्नेमा जोड दिएका थिए ।

नेताहरुलेसंविधानले निर्दिष्ट गरेको समाजवादअन्मुख समृद्धि, निर्वाचनमा बेला पार्टीले जारी गरेको घोषणा पत्र र सरकारले हालसम्म गरेका सकारात्मक काम तथा प्राप्त उपलब्धीको रक्षा गर्नेगरी आगामी नीति तथा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १ : ५७ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको