जिल्ला प्रशासन कार्यालय लमजुङमा ‘डिजिटल टोकन प्रणाली’ शुरु « Khabarhub

जिल्ला प्रशासन कार्यालय लमजुङमा ‘डिजिटल टोकन प्रणाली’ शुरु


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्ला प्रशासन कार्यालय लमजुङले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुवात गरेको छ ।

सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको शुरुवात गरेको हो ।

क्वहोलासोथर गाउँपालिका– २ मालिङबाट नागरिकताका लागि आउनुभएका १८ वर्षीय साजन गुरुङलाई पहिलो टोकन लिन लगाएर शुभारम्भ गरिएको छ । बेंसीशहर– १ उदिपुरबाट आएका ५६ वर्षीय ललितबहादुर सुनारले राष्ट्रिय परिचयपत्र तथा सोही नगरपालिका वडा नं ६ बेलौतीविसनाका ३८ वर्षीय चन्द्रबहादुर रिमालले टोकन लिएका थिए ।

तीन सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले खादा ओढाएरले सम्मान गर्दै टोकन प्रणालीले कार्यालयका कर्मचारी र सेवाग्राहीलाई सहज पुगेको बताए ।

उनले अभिलेख शाखालाई पहिलाभन्दा व्यवस्थित बनाइएको जानकारी दिए । सो कार्यालयमा यी तीन सेवाका लागि मात्र दैनिक २०० को हाराहारीमा सेवाग्राही आउने गरेका प्रजिअ शर्माले बताए ।

नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा र राहदानी शाखाका लागि आएका सेवाग्राहीले यहाँ रहेको मेशिनमा थिचेर आफ्नो टोकन नं प्राप्त गर्ने छन् भने सोही नम्बरका आधारमा पालैपालो सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।

सेवाग्राहीका लागि प्रतीक्षालय निर्माण

जिल्ला प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई लक्षित गर्दै प्रतिक्षालयसमेत निर्माण गरिएको छ । मध्यनेपाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त प्रतिक्षालय निर्माण गरिएको हो । सो प्रतिक्षालयको आज प्रजिअ शर्माले उद्घाटन गरे ।

प्रतिक्षालयमा ८० सेवाग्राही अट्ने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । सोही प्रतिक्षालय नजिकै पालिका स्तम्भ पार्कसमेत रहेको छ ।

कार्यालयमा आएका सेवाग्राहीले पालिका स्तम्भ पार्कको समेत अवलोकन गर्दै जिल्लामा रहेका आठवटै पालिका र जिल्लाकैबारेमा समेत जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १० : ०१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,