नेपाल सुपर लिग फुटबलको अक्सन भोलि, १ सय ५८ खेलाडी समावेश | Khabarhub Khabarhub

नेपाल सुपर लिग फुटबलको अक्सन भोलि, १ सय ५८ खेलाडी समावेश


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच (अक्सन) शुक्रबार हुने भएको छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा हुने जनाएको छ ।

अक्सनबाट फ्रेन्चाइज टिमले ए, बी र सी श्रेणीबाट खेलाडी छनोट गर्ने छन् । अक्सनमा कुल १ सय ५८ जना खेलाडीलाई समावेश गरिएको छ । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहने छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ९ : ४५ बजे

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज

फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

तानसेन– केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर