हावाहुरी प्रभावित बारा–पर्सामा वैशाख २१ गतेदेखि नयाँ घर निर्माणको काम शुरु हुने « Khabarhub

हावाहुरी प्रभावित बारा–पर्सामा वैशाख २१ गतेदेखि नयाँ घर निर्माणको काम शुरु हुने


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बारा– हावाहुरी प्रभावित बारा र पर्सामा आगामी वैशाख २१ गतेदेखि क्षतिग्रस्त घरको निर्माण शुरु हुने भएको छ ।

प्रदेश नम्बर २ सरकार समेतको समन्वयमा नेपाली सेनाले बारा र पर्सामा हावाहुरीले प्रभावित निजी घरको निर्माण गर्न लागेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले अविलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गर्ने बताए ।

बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गदै सरकारले गरेको निर्णयलाई अआधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने बताए ।

‘हावाहाहुरी प्रप्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन,’ हुने भने ।

संघीय सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम गरेकाले प्रदेश नम्बर २ को ससरकारले यस काममा विमति नजनाउने पोखरेलले विश्वास व्यक्त गरे । क्षतिग्रस्त घर निर्माणका लागि प्रदेश नं. २ का मुख्य सचिवको सयोजकत्वमा समिति गठन भएकाले यस काममा प्रदेश सरकारको ससमेत सहयोग हुने पोखरेलको भनाइ छ ।

सेनाले वैशाख २१ गतेदेखि बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गर्ने जनाइएको छ । हावाहुरी प्रभावित घरको निर्माणका लागि ७५० इञ्जिनीयर संलग्न हुनेछन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालय गरी २ कोठे घर बनाइने जानकारी दिए ।

सरकारले बारा पर्साका हावाहुरी प्रभावित १ हजार ४ सय ५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  २ : २१ बजे

स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा

काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६