बर्दियामा अर्को नरभक्षी बाघ पनि नियन्त्रणमा लिइयो | Khabarhub Khabarhub

बर्दियामा अर्को नरभक्षी बाघ पनि नियन्त्रणमा लिइयो


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको खाता जैविक मार्ग क्षेत्रबाट अर्को नरभक्षी बाघलाई पनि नियन्त्रणमा लिइएको छ।

नेपाल प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बिहीबार मान्छे खान पल्किएको दास्रो बाघलाई पनि नियन्त्रणमा लिएको हो ।

नरभक्षी दोस्रो बाघलाई पनि नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । जैविक मार्ग क्षेत्रभित्र पर्ने गैरी सामुदायिक वनबाट वयस्क भाले बाघ डार्ट गरी नियन्त्रणमा लिइएको हो ।

बाघलाई प्राविधिकले बेहोस पारी नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन अधिकृत महेन्द्रराज वाग्लेले जानकारी दिए । बुधबार मात्रै बर्दियाको गेरुवा क्षेत्रबाट बर्दिया निकुञ्जको टोलीले एक बुढो भाले पाटेबाघ नियन्त्रणमा लिएको थियो ।

त्यसको भोलिपल्टै मान्छे खान पल्किएको अर्को बाघ पनि नियन्त्रणमा लिइएको हो । मङ्गलबार दिउँसो मात्रै एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्जभित्र निगुरो खोज्न जाने क्रममा पाटेबाघले नै आक्रमण गरी ज्यान लिएको थियो । लगत्तै निकुञ्जको प्राविधिक टोलीले अनुगमन गरिरहेको थियो ।

बुधबार नियन्त्रणमा लिइएको बाघलाई बने बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुर सेक्टरमा रहेको उद्धार केन्द्रमा राखिएको छ ।

यसअघि पनि बर्दियाको गेरुवा क्षेत्रबाटै निकुञ्जको टोलीले एउटा बाघ नियन्त्रणमा लिएको थियो । बर्दियामा बाघको आक्रमणबाट यस बर्ष मात्रै १० जनाले ज्यान गुमाइसकेका छन् । खाता करिडोरमा मात्रै बाघले आक्रमण गर्दा ५ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : ३५ बजे

प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारबीच समझदारी

काठमाडौं– प्रभु बैङ्क लिमिटेडर इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकार लिमिटेडबीच समझदारीपत्रमा

पल र नीतिले सके फिल्म ‘मोहर’को शीर्ष गीत ‘चाहिँदैन मोहर’को छायाङ्कन

काठमाडौं– नायक पल शाह र नायिका नीति शाह स्टारर फिल्म

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन

काठमाडौं– एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण मानिने

तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छ : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार आयोजनाहरू तोकिएकै

रेशमलाई चार घण्टा जेल पठाउने महिमान एक लाख धरौटीमा छुटे

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई चार घण्टाका लागि