‘सी’ डिभिजन लिगमा स्वयम्भुको पहिलो जीत « Khabarhub

‘सी’ डिभिजन लिगमा स्वयम्भुको पहिलो जीत


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भुले पहिलो जीत दर्ता गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा स्वयम्भुले ओसिस क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

स्वयम्भुका लागि सविन गुरुङ, कुमार दोङ र विक्की राईले गोल गरे ।

यस्तै ओसिसका लागि सान्त्वना गोल राजन पुन मगरले गरे । खेलको ३८औँ मिनेटमा स्वयम्भुका लागि सविनले पहिलो गोल गरेका थिए ।

खेलको ४३औँ मिनेटमा कुमारले स्वयम्भुका लागि दोस्रो गोल गरे । यसैगरी खेलको ८९औँ मिनेटमा विक्की राईले स्वयम्भुका लागि तेस्रो गोल गरे । ओसिसका लागि भने एक मात्र गोल खेलको ६८औँ मिनेटमा राजन पुनमगरले गरेका हुन् ।

जीतसँगै स्वयम्भुले २ खेलबाट ३ अङ्क जोडेको छ । २ खेलमा पराजित ओसिस अङ्कविहीन अवस्थामा छ । यही चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ९ : ३३ बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै