बाढी र पहिरोबाट इन्डोनेसियामा २९ जनाको मृत्यु « Khabarhub

बाढी र पहिरोबाट इन्डोनेसियामा २९ जनाको मृत्यु


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– भारी वर्षासँगै आएको बाढी र पहिरोपछि इन्डोनेसियामा २९ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियाको सुमात्रा टापुको दक्षिण पश्चिमी क्षेत्रमा रहेको बेङ्कुलु प्रान्तमा आएको बाढी र पहिरोबाट अरु दर्जनौं मानिसहरु हराइरहेको अधिकारीले जनाएका छन् ।

बाढी र पहिरोबाट अरु सयौं घरमा क्षति पुगेको र हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

त्यसबाहेक बाढी र पहिरोले बेङ्कुलु प्रान्तका २ जिल्लासँगको सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, बाढी पहिरोले यातायात, खानेपानी, विद्युत तथा अन्य पूर्वाधारमा पनि नराम्ररी क्षति पुगेको अधिकारीले जनाएका छन् ।

स्वच्छ खानेपानीको अभाव र ओसिलो वातावरणका कारण त्यहाँ महामारी फैलिनसक्ने भन्दै चिन्ता उत्पन्न भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  २ : ४६ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ