नेपाल सुपर लिग : सर्वाधिक महँगोमा बिके आठ खेलाडी « Khabarhub

नेपाल सुपर लिग : सर्वाधिक महँगोमा बिके आठ खेलाडी


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) मा आठ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका छन् ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार काठमाडौँमा आयोजना गरेको अक्सनबाट सुजल श्रेष्ठसहित आठ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका हुन् । ‘ए’ श्रेणीमा रहेका उनीहरू अधिकतम मूल्य २ लाखमा अनुबन्धित भएका हुन् ।

सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन् ।

मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्समा अनुबन्धित भए ।

डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा अनुबन्ध हुँदा तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् ।

यस्तै, डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीमा अनुबन्धित भए । अक्सनमा कुल १ सय ४९ जना खेलाडीलाई समावेश गरिएको थियो । जसमा ‘ए’ श्रेणीमा २८ , ‘बी’ श्रेणीमा ६३ र ‘सी’ श्रेणीमा ५८ खेलाडी रहेका थिए ।

पहिलो संकरणको लिगमा सात फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।

कुन खेलाडी कुन टिममा अनुबन्धित ?

विराटनगर एफसी

बी मिड फिल्डर असोक थापा–५००००
बी गोल रक्षक किशोर गिरि–६५०००
विक्रम धिमाल–७५,०००
सरोज दाहाल–१,००,०००
सुनिल बल –२,००,०००
सुरज ज्यू ठकुरी ६०,०००
विजय धिमाल १,२०,०००
शूर्य अधिकारी ७५ हजार
सन्तोष तामाङ १ लाख
हेम तामाङ एक लाख २० हजार
सुनील खड्का २० हजार

एफसी चितवन

रोमन रसाइली–५० हजार
बिशाल सुनुवार –२ लाख
विकाश तामाङ १ लाख
शिशिर लेखी ५० हजार
कुलदिप कार्की १ लाख २० हजार
मनिश थापा ७५ हजार
रुपबहादुर लामा ७५ हजार
अमित तामाङ ५० हजार
विकाश खवास २ लाख
सिमन्त थापा २० हजार
विश्वास अधिकारी २० हजार
राजीव लोप्चाङ ५० हजार
टेकबहादुर बुढाथोकी १ लाख २० हजार

ललितपुर सिटी एफसी

बिनोद गुरुङ २०,०००
कमल श्रेष्ठ एक लाख २० हजार
प्रवेश दनवार एक लाख २० हजार
नविन लामा ७५ हजार
मिक्चेन तामाङ १ लाख २० हजार
एरिक विष्ट २ लाख
विमला राना एक लाख २० हजार
रोहित कार्की २० हजार
सरोज योञ्जन लामा २० हजार
रञ्जन विष्ट ५० हजार
निरज बस्नेत ७५ हजार
पाल्साङ लामा एक लाख
गौरव बुढाथोकी ७५ हजार

पोखरा थण्डर्स

अजित भण्डारी –१,००,०००
अनिल गुरुङ –७०,०००
प्रविन कुमार स्यांतेन ६००००
मानबहादुर तामाङ ५०,०००
दीप कार्की २ लाख रुपैयाँ
दिपक गुरुङ १ लाख २० हजार
अजित प्रजापती ५० हजार
शुशिल राई २० हजार
सुजल श्रेष्ठ २ लाख
नितिन थापा एक लाख २० हजार
राजेश परियार १ लाख २० हजार

गौतम श्रेष्ठ ७५ हजार

काठमाण्डौँ रेजर्स
तेज तामाङ–२,००,०००
आशिष गुरुङ ७०,०००
संजोग राइ –१,००,०००
त्रिदेभ गुरुङ १०००००
सुदिप सिर्खाकार ५० हजार
राजन गुरुङ ५० हजार
विनय श्रेष्ठ ५० हजार
रमेश बर्तोला ६० हजार
पृथ्वी चौधरी २० हजार
विश्वास श्रेष्ठ १ लाख २० हजार
अन्जन राई २० हजार
सुदिल राई ६५ हजार

धनगढी एफसी

सौजन राई २०,०००
रुपेश केसी १,२०,०००
बिजय श्रेष्ठ ¬–२०,०००
योगेस गरुङ –५०,०००
युद्ध शाही –७५,०००
निराजन महर्जन २० हजार
विवेक बस्नेत १ लाख २० हजार
निसान खड्का १ लाख
टंक बस्नेत ५० हजार
अशोक खवास ७५ हजार
दिनेश राजवंशी २ लाख
टेकेन्द्र थापा ५० हजार
पुजन उपरकोटी १ लाख २० हजार

बुटवल लुम्बिनी
लक्ष्मण रुचाल ५०,०००
सुरज बिके १ लाख
रविन श्रेष्ठ १ लाख २० हजार
शत्रुघन चौधरी २० हजार
सेसेहाङ आङदाम्बे १ लाख ३० हजार
मानबहादुर परियार ५० हजार
रवि थापा मगर ५० हजार
अमिर श्रेष्ठ एक लाख २० हजार
अनिल महर्जन ५० हजार
आशिष लामा एक लाख
सुमन लामा ५० हजार
जय गुरूङ ५० हजार

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ३३ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक