प्रिमियर लिगमा लिड्स युनाइटेडको जित « Khabarhub

प्रिमियर लिगमा लिड्स युनाइटेडको जित


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा लिड्सले फुलहमलाई २-१ गोलले हराएको  हो ।

लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड र राफिन्हाले एक एक गोल गरे । फुलहमका जोआचिम एण्डरसनले एक गोल फर्काए ।

फुलहमको मैदानमा २९औँ मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।

३८औँ मिनेटमा एण्डरसनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरी गरे । ५८औँ मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।

जितपछि लिड्सले २९ खेलमा ३९ अंक जोडेको छ । लिड्स लिगको ११औँ स्थानमा रहेको छ । फुलहम २६ अंक जोडेर १८औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : २२ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक