सर्वोच्चको फैसला बाध्य भएर कार्यान्वयन गर्नु परेको छ : माधव नेपाल « Khabarhub

सर्वोच्चको फैसला बाध्य भएर कार्यान्वयन गर्नु परेको छ : माधव नेपाल


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको नाम विवादमा सर्वोच्चले गरेको फैसला जन्मिएको बच्चा मान्दिन फेरि गर्भमा लिएर जाउ भनेजस्तो भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार आफू निकट युवाहरूको भेलालाई सम्बोधन गर्दै नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई चुनौती दिनेगरी अभिव्यक्ति दिएका हुन् । उनले बाध्य भएर सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपरेको बताए ।

‘सर्वोच्च अदालतले फैसला गरेछ, दुईवटा पार्टीले निर्णय गरे पनि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए पनि हामी मान्दैनौँ, तिमीहरू पुरानै ठाउँमा फर्क भनेर फैसला गरिदिएछ, यो जन्मिएको बच्चा मान्दैनौँ फेरि गर्भमा लिएर जाउ भनेजस्तै फैसला हो,’ उनले भने,‘बच्चा जन्मिसकेको छ, नयाँ संगठन अस्तित्वमा आइसकेको छ, त्यो मान्दिन भन्दियो सर्वोच्च अदालतले, अब हामीले असहमति भएपनि सर्वोच्चको फैसला लागु गर्दिन भन्न मिल्दैन । बाध्य भएर हामीले त्यसलाई लागु गर्नुपर्ने भइराछ ।’

सर्वोच्चको फैसला अनुसार आफूहरू एमालेमै जाने नेता नेपालले प्रष्ट पारे । उनले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीमा नजानेसमेत बताए । उनले भने,‘ ओली पनि एमालेमा फर्कने हो, एमालेको पुरानो संगठन ब्युँताउने हो तर ओलीले यसलाई मान्न तयार देखिएन ।’

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : १३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन