श्रीलंकामा अब बुर्का लगाउन नपाइने « Khabarhub

श्रीलंकामा अब बुर्का लगाउन नपाइने


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– मुसलमान महिलाले अनुहार ढाक्न प्रयोग गर्दै आएको बुर्कामाथि श्रीलंका सरकारले प्रतिबन्ध लगाएको छ ।

अघिल्लो साताको आइतबार इष्टर सन्डेका दिन इसाईलाई लक्षित गरी इस्लामिक स्टेटले गराएको श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणपछि सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै बुर्कामा प्रतिबन्ध लगाउनु परेको श्रीलंकाली अधिकारीले जनाएका छन् ।

श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राष्ट्रपतीय कार्यकारी आदेश जारी गर्दै बुर्कामाथि प्रतिबन्ध लगाउन निर्देशन जारी गरेका हुन् । त्यसबाहेक प्रधानमन्त्री रिनल विक्रमासिंघेले पनि यस्तै व्यवस्था लागू गर्न आफ्नो न्यायमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।

श्रीलंका सरकारको बुर्कामाथि लगाएको प्रतिबन्धलाई भने त्यहाँको सबैभन्दा ठूलो इस्लामिक संगठनले स्वागत गरेको जनाएको छ । अखिल सिलोन जामियातुल उलेमाले विज्ञप्ति जारी गर्दै सुरक्षाका कारणले बुर्कामाथि केही समयका लागि लगाइएको प्रतिबन्धलाई साथ दिन आग्रह गरिएको छ ।

अखिल सिलोन जामियातुल उलेमाल विज्ञप्तिमा यो प्रतिबन्धलाई दीर्घकालसम्मका लागि लागू गरेमा यसले श्रीलंकाका मुसलमानलाई नकारात्मक असर पार्नसक्ने चेतावनी समेत दिएको छ ।

सुरक्षाका कारण मुसलमान महिलालाई बुर्का लगाउन प्रतिबन्ध गर्ने श्रीलंका सरकारको कदमले त्यहाँ धार्मिक सद्भाव बिथोलिन सक्ने चिन्ता रहेको बताइएको ।

करिब २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलंकाका करिब १० प्रतिशत मानिसहरु मुसलमान धर्मावलम्बी छन् । यीमध्ये थोरै मात्र महिलाले बुर्का लगाउने गरेको बताइन्छ ।

श्रीलंका सरकारको पछिल्लो कदमका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठन ह्युमन राइट्स वाचले भने निन्दा गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ५१ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले