मनाङ ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो, तीन घाइते « Khabarhub

मनाङ ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो, तीन घाइते


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनाङमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नासो गाउँपालिकाको खोत्रोपाखा भन्ने स्थानमा शनिबार दिउँसो करिब पौने ४ बजेतिर भएको दुर्घटनामा तीनजनाको घट्नास्थलमै मृत्यु भएकोमा उपचारको क्रममा लमजुङ जिल्ला अस्पतालमा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक शुवास खड्काका अनुसार लमजुङको सदरमुकाम बेँसिशहरबाट ध१ख ५९२ नं. ट्रक सिमेन्ट बोकेर मनाङ जाँदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी नासो गाउँपालिका ओढारगाउँका ३५ वर्षीय डोलकासी गुरुङ, अन्दाजी ३४ र ३५ वर्षका मनिषा गुरुङ र ६ वर्षीय बालक पियुष गुरुङको घट्नास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए ।

खड्काका अनुसार ट्रकका सहचालक लम्जुङ मर्स्याङदी–५ का २१ वर्षीय लक्ष्मी नेपाली र मनाङ चामे–४ का २७ वर्षीय राजु विकको लमजुङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्रकका चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तमाङ र अन्य दुई बालिका घाइते छन् । चालक तमाङको लमजुङमै उपचार भइरहेको र गम्भीर घाइते दुवै बालिकालाई थप उपचारका लागि भक्तपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

उकालो बाटोमा मालवहाक ट्रक ब्रेकफेल भएर पछाडितर्फ करिब डेढसय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : ५८ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को