दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको भिन्दाभिन्दै स्थानमा आइतबार राति भएका  सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका कटहरी गाउँपालिका–३ मा टिप्परले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा कटहरी–२ का ३७ वर्षीय बच्चु मल्लिकको मृत्यु भएको हो ।

उनको कोशी अस्पताल विराटनगर मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१४ का २८ वर्षीय मुकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै मोरङकै सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

को १८ प १८०२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका सुन्दरहरैँचा–६ का ५६ वर्षीय इन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको डीएसपी राईले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : १५ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय