बिषालु च्याउले लिन्छ ज्यान « Khabarhub

बिषालु च्याउले लिन्छ ज्यान


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनहुँजसो जंगली च्याउ खाएर बिरामी वा मृत्यु भएको समाचार आउने गरेका छन्। तथापी मानिसहरु च्याउ खाँदा सर्तक हुदैनन् । जसको कारण ठुलो जोखिम निम्तन सम्भावना हुन्छ ।

जंगलबाट ल्याएको अधिकाशं च्याउ विषालु हुनसक्छ । यसको सेवनले कलेजो, मृगौला, मस्तिष्क, मुटु, आँखा, मांसपेसी, फोक्सो लगायतमा असर पर्छ । अनि सेवनकर्ताको मृत्यु समेत हुन सक्छ ।

विषालु च्याउको सेवनले सुरुमा जिब्रो सुन्निने, र्‍याल आउने, रिँगटा लाग्ने, बान्ता आउने, टाउको दुख्ने र पखाला लाग्ने जस्तो लक्षण देखिन्छ । विस्तारै कब्जियत हुने, शरीरको तापक्रम बढ्ने, ओठ सुक्ने, मुटुको चाल बढ्ने, आँखाको नानी फैलिने जस्ता लक्षण पाइन्छ ।

विषालु च्याउको सेवनका कारण बिस्तारै कलेजोले काम गर्न छोड्छ, मृगौलालाई समेत क्षतिग्रस्त पार्छ र तत्काल उपचार नभए उपचार नपाए मृत्युसम्म हुनसक्छ । कम विषालु च्याउको सेवनले एकदेखि दुई साताभित्र मृत्यु हुन सक्छ भने उच्च विषालु च्याउले एक घण्टाभित्रै ज्यान लिन सक्छ ।

यस्तोमा बान्ता आउने, टाउको दुख्ने र पखाला लाग्ने जस्तो लक्षण देखिए लगत्तै तत्काल उपचार गर्नु पर्दछ । विषालु च्याउले स्नायुमा समेत असर गर्छ । त्यसैले समयमै कलेजो र मृगौलाको उपचार गरे बाँच्ने सम्भावना हुन्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : ०१ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको