फास्ट ट्रयाकको ठेक्का प्रक्रियाबारे छानबिन गर्न उपसमिति गठन (भिडियोसहित) « Khabarhub

फास्ट ट्रयाकको ठेक्का प्रक्रियाबारे छानबिन गर्न उपसमिति गठन (भिडियोसहित)


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा भएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोस्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताबारे अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य छन् । उपसमितिलाई दोस्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनोट, बुंगमति खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमिकमजोरी र समयमै निर्माण सम्पन्न हुने नहुनेबारे पनि सुक्ष्म ढंगले अध्ययन गर्न भनिएको छ ।

हेरौँ भिडियो

विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले द्रुतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोस्रो चरणमा ठेकेदार कम्पनी छनोट गर्दा अनियमितता भएको उजुरी पछि समितिले चासो देखाएको जानकारी दिइन् ।

छलफलका क्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गरे । उनले दुई वर्षपछि पनि पुरानै दररेटमा निर्माण सम्झौता भएको र ज्वइन्टभेन्चरमा नेपाली कम्पनीहरू पनि सहभागी भएको स्पष्ट पारे ।

त्यसैगरी समिति बैठकमा समयमै निर्माण सम्पन्न नहुनुको एउटा कारण निर्माण सामग्रीको रुपमा प्रयोग हुने गिट्टी बालुवामाथि लगाइएको प्रतिबन्ध पनि भएकाले प्रतिबन्ध हटाएर काम गर्ने वातावरण मिलाउनुपर्ने धारणा सांसदहरूले राखेका छन् ।

उपसमितिलाई अध्ययन प्रतिवेदन बुझाउन दुई महिनाको समय तोकिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै