नकआउट फुटबल प्रतियोगिता शुरु « Khabarhub

नकआउट फुटबल प्रतियोगिता शुरु


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको माडीमा सोमबारदेखि होलीकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । गौरीशङ्कर युवा क्लब माडी–७ गौरीनगरको आयोजनामा सोमबारदेखि १९औँ अन्तर माडी होलीकप नकआउट फुटबल प्रतियोगिता २०७७ शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ ले हार व्यहोरेको छ । गौरीनगरस्थित खेल मैदानमा भएको खेलमा वसन्तपुर युनाइटेड क्लब ‘बी’ ले आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ लाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । वसन्तपुरको जीतमा सम्राट दराईले दुई तथा एबिन बस्याल, शिशिर सुनार र कृष्ण महतोले एक/एक गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत आज तीन खेल सञ्चालन हुनेछन् । यसअघि प्रतियोगिताको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले उद्घाटन गरेका थिए । सो अवसरमा उनले खेलकूदको विकासका लागि माडीका क्लबहरुलाई नगरपालिकामार्फत आर्थिक, भौतिक र नैतिक सहयोग सदैव प्रदान गर्ने उल्लेख गरे ।

माडीका १७ टोलीको सहभागिता रहेको प्रतियोगिता विजेताले रु ७० हजार तथा उपविजेताले रु ३५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : ३४ बजे

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य : नेता आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च