कोभिड त्रासले सर्‍याे ‘लप्पन छप्पन २’ | Khabarhub Khabarhub

कोभिड त्रासले सर्‍याे ‘लप्पन छप्पन २’


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही चैत २७ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘लप्पन छप्पन २’ कोभिडको त्रासले पछाडि सरेको छ ।

भारतमा कोभिड महामारीको क्रम पुनः बढेपछि स्वास्थ्य मन्त्रालयले कोभिड– १९को जोखिम कायमै रहेकाले भीडभाडजन्य बैठक, जुलुस, कार्यक्रम र व्यापार नगर्न भनेपछि फिल्मको रिलिज तत्कालका लागि रोकिएको हो ।

निर्देशक तथा निर्माता मुकुन्द भट्टले पूर्व निर्धारित मितिमा फिल्म रिलिज नहुने स्वीकारे । ‘कोभिडको पछिल्लो अवस्था र स्वास्थ्य मन्त्रालयको आग्रहलाई सहज स्वीकार गर्दै हालका लागि फिल्म रिलिज कार्यक्रम स्थगित गरिएको छ’, उनले भनेका छन् ।

एक्सन फ्लेभरको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चिनियाँ गरी ६ भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ०५ बजे

नारायणगढ–बुटवल सडक समयमै निर्माण गर्न माग

काठमाडौं– सांसद अमरेशकुमार सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताएका

आजपनि सडकमा आवासीय चिकित्सक (तस्बिरहरू)

काठमाडौं– आन्दोलनमा रहेका चिकित्सकहरूले आज २७ औँ दिनमा पनि काठमाडौंमा

दुई दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

 काबुल– आइतबार र सोमबार छ हजार छ सय १९ अफगान

विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार्न आग्रह

काठमाडौं– सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका