संक्रामक महामारीविरुद्ध सरकार सधैँ तयारी अवस्थामा रहनुपर्ने सुझाव « Khabarhub

संक्रामक महामारीविरुद्ध सरकार सधैँ तयारी अवस्थामा रहनुपर्ने सुझाव


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार संक्रामक महामारीविरुद्ध सधैँ तयारी अवस्थामा रहनुपर्ने सांसदहरुले सुझाव दिएका छन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले बुधबार मूल समितिलाई प्रतिवेदन बुझाउँदै भविष्यमा आउन सक्ने महामारीविरुद्ध सरकार तयारी अवस्थामा रहनुपर्ने सुझाएको हो ।

सांसदहरुले त्यस्ता महामारीको उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा पर्याप्त सुबिधा सहितको संरचना तयार गर्नुपर्ने र सबै क्षेत्रबाट सजकता अपनाउनु पर्ने सझाव दिएका थिए ।

सांसद गजेन्द्र महतले कोभिड १९ ले गर्दा मानिसहरुले धेरै दुःख पाएको स्मरण गर्दै यस्ता महामारीमा सरकार बेलैमा सचेत हुनुपर्ने बताए । उनले त्यो वेलाको दुःख बिर्से पनि अझै समीक्षा गर्नुपर्ने बेला आउनसक्ने बताए ।

संक्रामक रोग सम्बन्धि प्रत्यक अस्पतालमा निश्चित शैयाको युनिट व्यवस्था गर्नुपर्ने उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले बताए । उनले प्रतिवेदन तयारी गर्न आफूहरुले विभिन्न विषयको अध्यन गरेको स्मरण गर्दै कोभिड १९ को खोप आए पनि अझै कोरोना संक्रमणको जोखिम हटिनसकेको हुँदा सतर्कता अपनाउन आग्रह गरे ।

त्यस्तै सांसदहरु यस्ता रोगबाट बच्न र बचाउन सरकारले बेलैमा भविष्यप्रति चिन्तित हुनुपर्ने बताउँदै हरेक अवस्थाको सामना गर्न तयारी अवस्थामा रहनुपर्ने सुझाएका थिए । शिक्षा समितिले गत भदौमा कोभिड रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले ७ सदस्यीय उपसमिति गठन गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : ४५ बजे

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा