केन्द्रले स्थानीय तहको अधिकार खोस्दैन : प्रधानमन्त्री ओली  | Khabarhub Khabarhub

केन्द्रले स्थानीय तहको अधिकार खोस्दैन : प्रधानमन्त्री ओली 


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने स्पष्ट पारेका छन् ।

बुधबार नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सबै तहको आफ्नै विषेशता रहेको भन्दै केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताएका हुन् ।

उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल मिलाएर काम गर्नुपर्नेमा जोड दिए । संघीयता कार्यान्वयनकै अभ्यासमा रहेको भन्दै प्रधानमन्त्री ओलीले समयक्रममा सबै समस्या हल हुँदै जाने धारणा राखे ।

उनले पुँजीगत खर्च गर्ने क्षमता स्थानीय तहमा नभएको जिकिर गरे । उनले नगरपालिकाकाबीचमा राम्रा कामका लागि प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को अवधिमै स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि भएको बताए । प्रधानमन्त्री ओलीले अबको ४ दिनपछि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ४५ बजे

नेपाली सेनाले भन्यो- भ्रामक र झुटा सुचनामा विश्वास नगरौं

काठमाडौं- नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको

सामान्य बन्दै पोखराको जनजीवन

गण्डकी– जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्