बिहीबार कुन भगवानको पूजा कसरी गर्ने ? « Khabarhub

बिहीबार कुन भगवानको पूजा कसरी गर्ने ?


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दुधर्म शास्त्रमा बार अनुसार फरक फरक भगवानको पूजा गर्नु पर्ने उल्लेख छ ।

आज बिहीबार । बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ ।

पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ ।

कसरी पूजा गर्ने ?

बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने । यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ । यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जाप गर्नुपर्दछ ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

पौराणिक कथाअनुसार एकजना प्रतापी र दानी राजा थिए । उनको दरबारमा असाध्यै धेरै सम्पत्ति थियो । उनी प्रत्येक बिहीबार व्रत बस्ने तथा पुण्यकर्म गर्ने गर्दथे । तर रानी भने त्यस्तो केही कर्म गर्दिन थिइन् । राजाले गरेको धार्मिक कार्यलाई रानीले असहयोग गर्थिन् । दरबारमा थुप्रिएको सम्पत्तिका कारण आफुले धेरै काम गर्नु परेकोमा उनी चिन्तित हुन्थिन् ।

एक दिन गुरु वृहस्पति उनको दरबारमा साधुको रुप धारण गरी पुगे । त्यसबेला राजा शिकार खेल्न जंगल गएका थिए । रानीले साधुलाई देखेर आफ्नो दरबारमा भएको सम्पत्ति तथा वैभव समाप्त पारिदिन आग्रह गरिन् । साधु रुप धारण गरेका गुरु वृहस्पतिले पनि रानीको चाहना पूरा गर्न फल प्राप्ति हुने कर्म भन्दा पनि नष्ट हुने कर्म गर्न सिकाउँछन् । रानीले बिहीबारको दिन त्यसै गर्छिन् ।

दरबारको सम्पूर्ण वैभव समाप्त हुन्छ । दुःख पाएपछि राजा कामका लागि परदेश लाग्छन् । दरबारमा भएका रानीहरुले पनि भोकभोकै बस्नु पर्ने दिन आउँछ । यो दुःखका बीच रानीले आफ्नी बहिनी कहाँ सहयोग माग्न पुग्छिन् ।

बहिनीले उनीहरुलाई धन प्राप्तिका लागि बिहीबारको व्रत बस्न सुझाउँछिन् । त्यसपछि रानी र उनका दासीहरु बिहीबारको दिन व्रत बस्न थाल्छन् ।

व्रत बस्न थालेदेखि फेरि दरबारमा सम्पत्ति थुप्रिन थाल्छ । दरबारमा सुख मिल्न थाल्छ । परदेश गएका राजा पनि फिर्ता आउँछन् । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : ०५ बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन