चुम उपत्यकालाई अहिंसा क्षेत्र कायम राख्न माग « Khabarhub

चुम उपत्यकालाई अहिंसा क्षेत्र कायम राख्न माग


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – उत्तरी गोरखाको चुम उपत्यकाका स्थानीयवासीले छेकम्पार र सामागाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दा अहिंसा क्षेत्र कायम राख्ने प्रतिबद्धता गर्न माग गरेका छन् ।

चुम श्याग्गा संरक्षण समिति छेकम्पारले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै त्यहाँका बासिन्दाले बिओपी स्थापना गर्दा चुम उपत्यकाको अहिंसा क्षेत्रलाई चिरकाल कायम राख्न माग गरेका छन् । ज्ञापन पत्र बुझाउदै समितिका संरक्षक निमा लामाले चुम उपत्यकाको संस्कृति परम्पराअनुसार त्यहाँ जीवजन्तुको हिसां गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्दा कुनै पनि खालको हिंसा गर्न नपाइने प्रतिबद्धता गर्नुपर्ने बताए ।

उनले भने, “सुरक्षाको प्रबन्ध गर्ने कुरा सकारात्मक कुरा हो, आवश्यक पनि छ तर त्यस क्षेत्रको परम्परा संस्कृतिमा खलल पुग्न दिनुहुँदैन ।” ज्ञापनपत्रमा स्थानीयवासीले चुम उपत्यका क्षेत्र जैविक विविधता खुला सङ्ग्राहालय राष्ट्रको गहना भएकाले अहिंसा संस्कृति एवं संस्कारको दिगो संरक्षण तथा संवर्द्धनका लागि सुरक्षा क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई चुम उपत्यकाको अहिंसासम्बन्धी छ बुँदे प्रतिबद्धता पालना गराउने व्यवस्था गर्न माग गरेका छन् ।

सो प्रतिबद्धतामा चुम उपत्यकामा कुनै पनि जीव जनावर काटमार गर्न नपाइने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासु प्रयोजनका लागि अहिंसा क्षेत्रमा जीवजन्तु प्रवेश नगराउने, पशुबध पूर्ण रुपमा निषेध गर्नेलगायत रहेका छन् । त्यस्तै चुम उपत्यकाबाट मासु प्रयोजनका लागि पशुपक्षी निर्यात गर्न नपाइने त्यहाँको प्रचलन रहेको संरक्षक लामाले जानकारी दिए ।

चुम क्षेत्रमा रहेका स्थानीय प्रमुख लामा तथा तत्कालीन तालुकदार एवं स्थानीयवासीले चुम उपत्यकालाई विसं १९७७ मा महागुरु करुणा अबतारी पुज्य लामा सेराप दोर्जेको रहोबरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो । विसं २०२७ मा सम्भोटा लिपीमा लेखिएको अहिंसासम्बन्धी प्रतिबद्धता दस्तावेजलाई विसं २०२९ मा देवनागरी लिपीमा लेखेर त्यस क्षेत्रमा रहेका सबै चुमबासीले पुज्इ अवतारी गुरु ङावाङ् खेन्राप समक्ष पुनः सपथ गरी अहिंसा क्षेत्रलाई कायम राख्ने प्रतिबद्धता गरिएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ३० बजे

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको