कोशी प्रदेशसभा : निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत « Khabarhub

कोशी प्रदेशसभा : निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभामा आइतबारको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले स्वीकृत गरेको छ ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशसभामा पेस गरेको सो प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

विधेयकमा सैद्धान्तिक छलफल पनि सुरु भई कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले धारणा राखे । 

समसामयिक विषय

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले विगत केही दिनदेखि आफ्ना विरुद्धमा सञ्चारमाध्यममा आइरहेका समाचार झुटो र कपोलकल्पित रहेको दाबी गरे ।

उनले भने, ‘मैले नखाएको विष मलाई कसरी लाग्छ, मेरो सचिवालयको कर्मचारीको ‘क्युआर कोड’मार्फत आफ्ना मातहतका कर्मचारीसँग रकम मागेको कुरा गलत हो ।’

उनले सञ्चारमाध्यममा आएको व्यक्तिको क्युआरकोडको छानबिन गरी सत्य तथ्य बाहिर आउनुपर्ने धारणा राख्दै आफू कसैसँग पनि लेनदेन र घुस नलिएको दाबी गरे ।

शून्य समय

प्रदेशसभाको बैठकको आजको शून्य समयमा प्रदेशसभाका सदस्य गोम्बु शेर्पा, गणेशप्रसाद उप्रेती, गोपालबहाुर बुढाथोकी, मीना श्रेष्ठ, कमला दर्नाल, होमबहादुर थापा, मैया श्रेष्ठ, सुनिताकुमारी गुरुङ र मानबहादुर लिम्बूले विभिन्न विषयमाथि धारणा राखे । 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : ११ बजे

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी

सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि : गरिबी पो लुकाउन सकिँदोरहेनछ

काठमाडौं- मिसाइल र बम हानिएको शैलीमा सरकारले सुकुम्वासी बस्तीहरू ध्वस्त

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन– स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको 

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख