नेपाल किर्गिस्तानसँग बराबरीमा रोकियो | Khabarhub Khabarhub

नेपाल किर्गिस्तानसँग बराबरीमा रोकियो


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको आफ्नो पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सीमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाली खेलाडी किर्गिस्तानमाथि हाबी भए पनि जीत निकाल्न सकेनन् । गोल गर्ने थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमै रोकिएको हो ।

खेलको चौंथो मिनेटमा तेज तामाङ फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको दशौँ मिनेटमा त्रिदेभ गुरुङको कर्नरमा अनन्त तामाङको हेड बल समेत पोस्ट नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउन चुकेको थियो ।

खेलको १४ औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लाग्दै फर्किदा नेपाल पुन अग्रता बनाउन चुकेको थियो । खेलको ३३ औं मिनेटमा रबी पासवानको पासमा अन्जनले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको सुरुवातमा किर्गिस्तानले नेपालविरुद्ध केहि आक्रमण गर्‍यो । खेलको ६७ औं मिनेटमा कप्तान टासिभ कामोलिदीन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो ।

यो बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना छ ।

यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । बंगलादेशको १ खेलमा ३ अंक छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ७ : ३४ बजे

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

फिक्कल– इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित

काभ्रेमा सुरु भयो नमोबुद्ध जात्रा : पितृको सम्झनामा ‘दीप प्रज्वलन’

काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा बुधबार नमोबुद्ध

टिपर दुर्घटनामा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भीरमा आज बिहान टिपर दुर्घटना

‘उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु’

एजेन्सी – उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा

नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास

काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा