मेयरकप हेर्न सार्वजनिक बिदा « Khabarhub

मेयरकप हेर्न सार्वजनिक बिदा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए ।

आजदेखि चैत १५ गतेसम्म अन्तरपालिकास्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा)ले बताए ।

मेयरकपको पहिलो दिन उद्घाटन सत्रमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नारपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगारपालिकाले एक सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी गराएको छ ।

संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकूद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करण मेयर रनिङ कप भलिबको आयोजना गरिएको नगरप्रमुख प्याकुरेलले बताए ।

पर्यटन विकास र प्रवद्र्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख बद्रीकुमार कार्कीले बताए ।

मेयर कपमा सहभागी हुन ताप्लेजुङका नौ पालिकाले पालिकास्तरीय अध्यक्ष कप विजेताले मेयरकप प्रतियोगितामा भाग लिन पाउनेछ । यसअघि नै अध्यक्ष कप सञ्चालन भइसकेको छ । मेयर कपमा विजेताले रु दुई लाख २१ हजार १०० र रनिङ कप पाउनेछ ।

उपविजेता टोलीले रु एक लाख ११ हजार १०० र कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही रु ३३ हजारसहित कप प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट सात खेलाडीलाई समेत नगद प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : १७ बजे

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त