एमाले संसदीय दल बैठक : नेपाल र रावललाई कारबाही गर्न ओली दृढ | Khabarhub Khabarhub

एमाले संसदीय दल बैठक : नेपाल र रावललाई कारबाही गर्न ओली दृढ


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले स्पष्टीकरण सोधेका नेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने संकेत गरेका छन् ।

ओलीले बकैकमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल—खनाल पक्षका सदस्यहरु पनि सहभागी हुनुलाई नयाँ परिस्थितिका रूपमा व्याख्या गरे पनि पार्टीलाई नेकपा माओवादी केन्द्रसँगको एकताअघिको अवस्थामा लैजानुपर्छ भन्ने माग अस्वीकार गरे ।

यस्तो मागको अर्थ हो— गत फागनु २८ गते र त्यसयता भएका सबै निर्णय ओली पक्षले फिर्ता लिनु र सबै पदाधिकारीहरुलाई ससम्मान पहिलेकै जिम्मेवारीमा फर्काउनु ।

बालुवाटाररमा शुक्रबार भएको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारबाहीका लागि उपयुक्त भएका बताए ।

अध्यक्ष ओलीले उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र कारबाहीको योग्य रहेको बताएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेले वरिष्ठ नेता नेपालसहित चार जनालाई स्पष्टीकरण सोधेको थियो । नेपाल र उपाध्यक्ष भीम रावलले बिहीबार ‘स्पष्ट गर्न हुन’ भन्ने विषय राखेर पार्टीमा पत्र बुझाएका थिए । दुवै नेताले ओलीलाई अनेक प्रश्न गर्दै उनैलाई कारबाही गर्नुपर्ने उल्लेख गरेका थिए ।

उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे स्पष्टीकरण बुझाउने क्रममा रहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले दुई जनाको स्पष्टीकरण आउन बाँकी रहेको र सकारात्मक आउने अपेक्षा गरेको बताए । उनले २८ फागुनमा र त्यसपछि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेका निर्णय फिर्ता नहुने समेत बताएका छन् ।

संसदीय दलको बैठकमा नेपाल–खनाल पक्षका खनालसहितका केही सांसदहरुले नेताहरूले पार्टीलाई २ जेठ २०७५ कै अवस्था अर्थात दुई पार्टीको एकताअघिको अवस्थामा फर्काउन बैठकमा माग गरेका थिए ।

अध्यक्ष ओलीले यस्तो माग अस्वीकार गर्दै कुनै पनि शर्त मान्य नहुने कडा जवाफ दिए ।

बैठकमा अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रूपमा कसैसँग पनि छलफल नहुने पनि प्रष्ट पारेका छन् । दलको बैठकमा असन्तुष्ट नेपाल–खनाल समूहका सांसद सहभागी हुनुलाई प्रधानमन्त्री ओलीले नयाँ परिस्थितिका रूपमा चित्रण गरे तर उनले कुनै पनि लचकताको संकेत गरेनन् । विरोधी नेतामाथि कारबाहीका लागि दृढ देखिए ।

बैठकमा नेपाल–खनाल समूहका खनाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले आफ्नो धारणा राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

बैठकबाट बाहिरिएपछि नेता भट्टराईले बैठकमा आफूहरूको सहभागितालाई लिएर प्रधानमन्त्रीले पार्टीमा नयाँ परिस्थिति निर्माण भएको बताएको जानकारी दिए ।

भट्टराईले भने, ‘हामीले जनमतअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, त्यसका लागि अध्यक्षका नाताले तपाईंले पहल गर्नुहोस् भन्यौँ । उहाँले अस्तिको बैठकमा भाग नलिएका साथीहरू पनि आउनुभएको छ, पार्टीमा नयाँ परिस्थिति निर्माण भएको छ । म सधैँ खुला छु भन्नुभयो ।’

आजको बैठकमा वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावल भने सहभागी भएनन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ४६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने