थ्री नेसन्स कपमा नेपाल र बंगलादेश खेल्दै, बराबरी भए नेपाल फाइनलमा « Khabarhub

थ्री नेसन्स कपमा नेपाल र बंगलादेश खेल्दै, बराबरी भए नेपाल फाइनलमा


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साँझ ५:३० बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपाल कम्तीमा बराबरी बनाउन पर्नेछ ।

बंगलादेश भने यस अघि नै फाइनल पुगिसकेको छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमलाई १-० ले हराएको थियो । नेपालले भने किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।

किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : ४५ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई