काठमाडौँको प्रदूषण घटाउन अस्थायी उपाय खोजिदै | Khabarhub Khabarhub

काठमाडौँको प्रदूषण घटाउन अस्थायी उपाय खोजिदै


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदूषित शहरको सुचीमा शुक्रबार विश्वकै शीर्ष स्थानमा रहेर खराब रेकर्ड बनेको राजधानी काठमाडौँ आज केही सुधारिएको छ ।

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमका अनुसार आज काठमाडौँ चौथो नम्बरमा छ । विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा आज भारतको राजधानी नयाँ दिल्ली छ ।

आईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) १ सय ९५ पुगेको छ ।

यो शुक्रबारकोभन्दा बढी हो । शुक्रबार १९४ थियो । शुक्रबारको भन्दा खराब अबस्था भए पनि अरू शहरहरू यो भन्दा खराब अबस्थामा पुगेपछि काठमाडौँ चौथो स्थानमा झरेको हो । तर घातक बायुको अवस्था उस्तै नै छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्कालै वर्षाको सम्भावना नरहेकाले काठमाडौँ उपत्यकाको प्रदूषण हटिहाल्ने अवस्था छैन ।

वरिष्ठ मौसमविद् राजु प्रधानांगाअनुसार हावा नलाग्दा धुलो र धुँवा उपत्यका बाहिर जान सकेको छैन ।

‘पश्चिमी वायु पूर्वतिर बहेको छ । उपत्यकाको भौगोलिक अवस्थाले गर्दा त्यो सबै यही आएर थुप्रिएको छ । यहाँको डाँडाँकाँडाले बाहिर जान सकेको छैन,’ उनले खबरहबसँग भने, ‘वर्षा नभएसम्म यो अवस्था कायमै रहनसक्छ, कम्तीमा तीन दिन वर्षाको सम्भावना छैन ।’

वातावरण विभागको विभिन्न स्थानमा राखिएका वायु गुणस्तर स्टेशनमा आज विहानको मापन अनुसार प्रदूषित वायुको स्तर खासै घटेको छैन ।

सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आज बिहान काठमाडौँ उपत्यकाका भैँसेपाटी स्टेशनको मापनमा हावाको गुणस्तर ४१८ एक्वूई, भक्तपुरको ३४४ एक्वूई र सौराहाको ३३७ एक्वूई देखिएको छ ।

आज सार्जजनिक बिदाले गाडीको चाप घट्दै गएकाले प्रदूषण घटेको विभागको ठम्याई छ । शुक्रबार भैँसेपाटी ४७०, भक्तपुरमा ४२३ एक्वूईसम्म पुगेको थियो ।

आइतबार पनि होलीको बिदा भएकाले सवारी साधनको चाप कम नै हुने भएकाले धुलो तथा धुँवा कम उड्ने भएकाले प्रदूषण कम हुने विभागको विश्वास छ ।

आइतबारसम्म पनि प्रदूषण कम नभए थप कदम चाल्नेबारे बैठक बसिने विभागका उपमहानिर्देशक इन्दुकुमार जोशीले जानकारी दिए ।

‘हाम्रो वायुको अवस्था खराब नै हो अहिलेको अवस्था अलिक अस्वाभाविक भएकाले आत्तिने अवस्था आएको हो,’ जोशीले भने,’आइतबारसम्म पनि अबस्था यस्तै रहे थप कदम चालिन्छ । त्यो भनेको जनस्वास्थ्य संकटकालसम्मको सिफारिस हुन सक्छ ।’

दक्षिणी छिमेकी मुलुक भारतबाट उडेर आएको धुलोका कारण उपत्यकाको वायु प्रदूषित भएको हो । सुक्खा धुलो मिश्रित हावाका कारण तुवाँलो बढ्दा वायु प्रदूषित भएको छ ।

यसबाट काठमाडौँबासीले आँखा पोल्ने र घाँटी खसखसाउनेलगायतका समस्या महसुस गरेका छन् ।

भारतको राजस्थान, हरियाणा, पञ्जाबमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो अलर्ट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

यसले श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदै अपिल जारी गरेको हो ।

मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयल अत्यावश्यक नभइ सवारी साधनहरु नचलाउन समेत अनुरोध गरेको छ । सवारी साधना वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणहरुलाई कम गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १० : ०५ बजे

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

काठमाडौं – प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको

अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौं – सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम

काठमाडौंमा अन्तरविद्यालय कविता प्रतियोगिता

काठमाडौं – शान्ति र लोकतन्त्रको लागि महिला नेपाल र साना