पुरुषको गुप्तांगमा ५९ फिट लामो किरा ! | Khabarhub Khabarhub

पुरुषको गुप्तांगमा ५९ फिट लामो किरा !


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६७ वर्षका एक पुरुषको गुप्तांगबाट ५९ फिट लामो किरा फेला परेको छ ।

उक्त किरा शल्यक्रिया गरी निकालिएको छ । ती व्यक्तिलाई पहिले पेट दुख्ने समस्या भएको थियो ।

जाँचमा उनको गुप्तांगमा यति लामो परजीवित भएको पाइएपछि डाक्टरहरुले शल्यक्रिया गरेर यसलाई बाहिर निकालेका छन् । यो अनौठो केस देखेर डाक्टरहरु पनि चकित परेका छन् । घटना थाइल्याण्डको नोंगखाइ प्रान्तको हो ।

द सनको रिपोर्टअनुसार यी व्यक्तिलाई लामो समयदेखि पेट दुख्ने समस्या थियो । उनले अस्पताल गएर जाँच गराउँदा यस्तो नतिजा निस्कियो जसको कसैले अपेक्षा गरेका थिएनन् । थाइल्याण्डको नोंगखाइ प्रान्तको प्यारासिटिक डिजिज रिसर्च सेन्टरमा ती व्यक्तिले जाँच गराएका थिए । जाँचमा ती व्यक्तिको गुप्तांगमा परजीवि भएको पाइयो ।

रिसर्च सेन्टरका प्रवक्ताका अनुसार १८ मिटरभन्दा लामो परजीवि पाइएको हो । डाक्टरहरुका अनुसार यो परजीवि काँचो मासु खाँदा पेटमा पुग्छ । यो परजीवि ३० वर्षभन्दा धेरै समयसम्म मानिसभित्र रहन सक्छ । यद्यपि अहिले यिनीहरु धेरै लामो समयसम्म जीवित रहँदैनन् किनकि अहिले पहिलेको तुलनामा राम्रो औषधि उपलब्ध छ ।

अहिले निकालिएको परजीविको लम्बाइ ५९ फिट बताइएको छ । यसलाई निकाल्न डाक्टरहरुलाई निकै समय लाग्यो । पहिले बिरामीलाई जाँचपछि औषधि दिइयो । त्यसपछि यसलाई पछाडिको बाटोबाट बाहिर निकालियो ।

चिकित्सकका अनुसार यो धेरै लामो भएकोले निकाल्न समय लाग्यो । अहिले बिरामीको स्थिति सुधार भएको बताइएको छ । उनलाई खानपिनका विषयमा सल्लाह दिइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ४५ बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका