जथाभावी डोजर प्रयोगले खानेपानी र विद्युत् सेवा अवरोध « Khabarhub

जथाभावी डोजर प्रयोगले खानेपानी र विद्युत् सेवा अवरोध


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोल्टी– बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने नगरपालिकाकै सिराडी जाने बाटो निमार्ण गर्दा बिजुली बत्ती अवरुद्ध बनेको हो ।

बजार र बजारक्षेत्र आसपासका गाउँमा खानेपानी भए पनि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य छन् । बिजुली र खानेपानी एकसाथ अवरुद्ध भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको प्रति स्थानीयवासी आक्रोशित भएका छन् ।

लामो समयदेखि बिजुली र खानेपानीको अभाव हुँदा बजार क्षेत्रमा बस्ने व्यापारी र स्थानीयवासीलाई समस्या भएको कोल्टीका काशीराम कैलाले बताए । मार्तडीपछिको दोस्रो ठूलो बजारक्षेत्र कोल्टीमा छ । नियमित विमान उडान हुन्छन्, हुम्ला, मुगु र कालिकोटसहित बाजुराका चार स्थानीय तहको चहलपहल हुने क्षेत्र हो कोल्टी । तर अवस्था हेर्दा दुर्गम गाउँको भन्दा फरक छैन । ‘यहाँका नागरिकलाई अरु विकास चाहिएको छैन, उनीहरुको पहिलो माग नै पानी र बिजुली हो,’ स्थानीय नवराज भारतीको भनाइ छ ।

स्थानीय हिरेन्द्र बोहरा भन्छन्, ‘पानीकै नाममा वर्षेनी लाखौँको बजेट खर्च भएको छ भने बिजुलीकै नाममा रु सात करोड बढी रकम उपभोक्ता समितिले खर्च गरिसकेका छन्, तर पनि कोल्टीबासीले न त नियमित खानेपानी पाएका छन्, न त बिजुली बत्ती नै पाएका छन् ।’

कोल्टी बजारमा मात्र ८ हजार बढीको बसोबास छ । क्याम्पसदेखि विमानस्थल, उच्चमाविदेखि नगरपालिकाको कार्यालय । स्थानीय सरकार गठनकै दुई वर्ष पुग्न लाग्दा पनि कोल्टीको खानेपानी समस्या सधान गर्न सकेको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : २१ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा