विवाह अघि नै बच्चा जन्माउने परम्परा ! | Khabarhub Khabarhub

विवाह अघि नै बच्चा जन्माउने परम्परा !


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा विवाहपूर्व सन्तान जन्माउनु राम्रो मानिदैन । यसरी सन्तान जन्माउनुलाई सामाजिक रुपमा बदनामीको उपमा दिइन्छ । तर विश्वमा एउटा यस्तो स्थान पनि छ जहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा छ । र यसो गर्नुलाई शुभ मानिन्छ ।

विवाहपूर्व सन्तान जन्माउने परम्परा अन्य कुनै देशमा नभएर हाम्रै छिमेकी मुलुक भारतको राजस्थानको सिरोहि र पालीमा रहेको छ । यहाँ विहे अघि सन्तान जन्माउनु वैध छ । साथै विहे अघि नै जन्मिएका बच्चालाई शुभ मानिन्छ । यतिमात्र होइन, बिहे अघि बच्चा जन्माउन नसके यसलाई अपशकुन मानिन्छ ।

राजस्थानको उदयपुरस्थित सिरोही र पालीमा रहने गरासिया जनजातिमा यो परम्परा १ हजार बर्षअघि बाट चलि आएको छ । यो परम्परा हालैको केहि बर्ष यता विश्वमा देखिएको लिव इन रिलेशनशिपको प्राचिन स्वरुप रहेको छ । जहाँ गरासियाका जनजातिका उमेर पुगेका केटा केटीले स्वेच्छाले लिव इन रिलेशनशिपमा रहने र बच्चा जन्मिएपछि मात्र एकअर्कासंग विवाह गर्ने परम्परा छ ।

गरासिया जनजातिमा २ दिनको विवाहको विशेष मेला लाग्दछ । यस मेलामा केटा केटीले  एक अर्कालाई मन पराउने र बिना विवाह एक साथ रहन थाल्दछन् । यसका साथै बच्चा जन्मिएपछि मात्र इच्छानुसार विवाह गर्दछन् । यो जनजातीमा जीवनसाथी चुन्न केटा र केटी दुबै स्वतन्त्र हुन्छन् ।

गरासिया जनजातिका मान्यता अनुसार, कैयौं बर्ष पहिले जनजातिका चार भाइ अन्यत्र गएर बसे । जहाँ ३ जनाले विवाह गरे र एकजना मात्र विवाह बिना लिव इनमा बसे । तर केवल लिव इनमा बसेकाबाट मात्र सन्तान भयो अरुबाट भएन । त्यसैले सोहि समयबाट यहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा रह्यो । यो परम्परालाई स्थानीय ’दापा प्रथा’ भन्दछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ४ : १० बजे

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

बिर्तामोड– एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य

गौरीशंकरको गुनासो- आलमका मान्छे अझै धम्क्याइरहेका छन्, बाँच्नै मुस्किल भयो

काठमाडौं- पहिलो संविधानसभाको निर्वाचनको माहोल चलिरहेका बेला २०६४ चैत २७

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनुपर्छ : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी