बेइजिङबाट ल्हासा आइपुगिन् राष्ट्रपति भण्डारी « Khabarhub

बेइजिङबाट ल्हासा आइपुगिन् राष्ट्रपति भण्डारी


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ल्हासा– चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ मंगलबार बेइजिङबाट ल्हासा आइपुगेकी छन् ।

राष्ट्रपति भण्डारीलाई तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले ल्हासाको गोङ्गर विमानस्थलमा  स्वागत गरे ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन (अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी भई उक्त मञ्चलाई सम्बोधन गरेकी थिइन् । सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक भई सात सम्झौतामा हस्ताक्षर भएको थियो ।

ती सम्झौतामध्ये आर्थिक तथा प्राविधिक सहयोगको सम्झौतानुसार चीन सरकारले नेपाललाई जीवनस्तर उकास्न, विपत्तिपछिको पुनःनिर्माण तथा आधारभूत संरचनाका क्षेत्रमा आपसी सहमतिका परियोजनामा लगानी गर्न एक अर्ब आरएमबी बराबरको सहयोग उपलब्ध गराउने भएको बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : ४४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील