बेइजिङबाट ल्हासा आइपुगिन् राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

बेइजिङबाट ल्हासा आइपुगिन् राष्ट्रपति भण्डारी


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ल्हासा– चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ मंगलबार बेइजिङबाट ल्हासा आइपुगेकी छन् ।

राष्ट्रपति भण्डारीलाई तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले ल्हासाको गोङ्गर विमानस्थलमा  स्वागत गरे ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन (अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी भई उक्त मञ्चलाई सम्बोधन गरेकी थिइन् । सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक भई सात सम्झौतामा हस्ताक्षर भएको थियो ।

ती सम्झौतामध्ये आर्थिक तथा प्राविधिक सहयोगको सम्झौतानुसार चीन सरकारले नेपाललाई जीवनस्तर उकास्न, विपत्तिपछिको पुनःनिर्माण तथा आधारभूत संरचनाका क्षेत्रमा आपसी सहमतिका परियोजनामा लगानी गर्न एक अर्ब आरएमबी बराबरको सहयोग उपलब्ध गराउने भएको बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : ४४ बजे

खाद्यान्नमा कोशी आत्मनिर्भर, ११ लाख ८२ हजार मेट्रिक टन वर्षे धान उत्पादन

विराटनगर– कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार

व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी

पछिल्लो एक सातामा थप १ सय ६४ जनामा डेङ्गु संक्रमण, संक्रमितको संख्या २६ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६४ जनामा डेङ्गुको

सुशील र अञ्जनाले सके ‘परिवर्तन’को सुटिङ

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली शीर्ष

कानूनमन्त्रीको जवाफ- समाजलाई नकारात्मक असर पार्ने विधेयक सदनमा पेस हुँदैन 

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सामाजिक मूल्य