च्याम्पियन्स लिग : इङ्गलिस क्लबलाई डच टोलीको चुनौति « Khabarhub

च्याम्पियन्स लिग : इङ्गलिस क्लबलाई डच टोलीको चुनौति


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


डच फुटबल टोली आयाक्स इङ्गलिस क्लब टोटनह्याम हट्सपुरविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मैदान उत्रिदैछ । टोटनह्यामको घरेलु मैदानमा डच टोली आफ्नो प्रभाव जमाउने लक्ष्यमा रहनेछ भने आफ्ना समर्थकका अगाडि टोटनह्याम आफूलाई बलियो सावित गर्न खोज्नेछ ।

त्यसोत टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आफ्नो ‘सपना जीवित’ रहेको बताए छन् । टोटनह्यामविरुद्ध खेल्न लागेको आयाक्सले च्याम्पियन्स लिगको सफल क्लब रियल र इटालीयन जाइन्ट युभेन्टस्को यात्रामा बिराम लगाइसकेको छ ।

सन् १९६२ पछि पहिलो पटक सेमिफाइनल खेल्न लागेको टोटनह्याम इतिहास रच्ने लक्ष्यमा रहेको छ । ‘तपाईंले सपनालाई पहिला स्थापित गर्नुपर्छ,’ प्रशिक्षक पोचेटिन्होले भने, ‘जहिले तपाईंले केही कुरा प्राप्त गर्नुहुन्छ त्यो नै तपाईंको सपना हो । त्यस्तै, टोटनह्यामका लागि च्याम्पियन्स लिग सेमिफाइनल एक सपना हो । जुन ५ वर्ष अघि देखिएको थियो र अहिले पूरा भएको छ ।’

क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीलाई नाटकिय रुपमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको टोटनह्यामले आयाक्सलाई रोक्ने लक्ष्य बनाएको छ । ‘हाम्रो खेल एक गतिमा अगाडि बढिरहेको छ । जसमा हामी जस्तो सुकै सफलता पनि हासिल गर्न सक्छौं र सबैकुरा सम्भव छ । त्यो नै हाम्रो बलियो पक्ष हो,’ पोचेटिन्होले थपे, ‘हामीसँग राम्रो अवसर छ कि हामी सेमिफाइनल खेल्दैछौं । यसअघि यो भएको थिएन ।’

पोचेटिन्हो विपक्षी पनि बलियो टिम भएको बताएका छन् । उनले भने, ‘हामी विपक्षीको सम्मान गर्न चाहान्छौं । आयाक्स जुन अवस्थामा छ त्यो उनीहरुका लागि पनि लायक छ । यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।’

आयाक्सविरुद्ध टोटनह्यामका उच्च गोलकर्ता ह्यारि केन मैदान उत्रिने छैनन् । उनी एन्कल इन्जुरीका कारण आराममा छन् । यस्तै, फरवार्ड सन ह्युङ मिन पनि प्रतिबन्धमा छन् । टोटनह्यामका महत्वपूर्ण दुई खेलाडी बाहिर हुँदा आयाक्सलाई फाइदा पुग्न सक्ने फुटबल विश्लेषकहरुको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : ०८ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट