कार्ल गेलेरुप : जो धर्मशास्त्र पढेर पनि नास्तिक बने | Khabarhub Khabarhub

कार्ल गेलेरुप : जो धर्मशास्त्र पढेर पनि नास्तिक बने


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साहित्यमा कथा, कविता, नाटक, उपन्यासका तीसवटा भन्दा बढी कृति रचेर विश्व प्रसिद्ध बनेका स्रष्टा हुन् कार्ल गेलेरुप ।

यिनले पूर्वीय वाङ्मय तथा बौद्ध र हिन्दु दर्शनको चिन्तनशूत्रलाई समातेर आफ्ना कृतिहरुमा त्यसको प्रभाव घुसाएका छन् ।

उच्च साङ्गीतिक चेतना र काव्यीक अन्र्तदृष्टिबाट साहित्यको रचना गर्ने यी स्रष्टाका विश्व प्रसिद्ध कृतिहरुमा मिन्ना, अन आइडियालजिष्ट, एन द बोर्डर, द स्याक्रिफिसियल फायर द पिल्ग्रीम कामानिता, द वल्र्ड ट्राभलर, द फ्रेन्डस अफ गड, द गोल्डेन बोग आदि आदि पर्दछन् ।

यिनको जन्म सन् १८५७ मा डेनमार्कको जीलल्याण्डमा भएको थियो । यिनका बाबु पादरी थिए । यिनी तीन वर्षको भएपछि पिताको निधन भयो ।

यिनकी आमाले यिनलाई एक नातेदार कवि कहाँ बस्न पठाइन् । यिनकी आमा यिनलाई बाबुको जस्तै पादरी बनान चाहन्थिन् । नभन्दै यिनको शिक्षादिक्षा पनि धर्मशास्त्र विषयबाटै भयो । कोपनहेगन विश्वविद्यालयबाट धर्मशास्त्र विषयमा स्नातक तह पास गरे । तर यिनलाई पादरी बन्ने कुरामा कुनै रुचि थिएन ।

धर्मशास्त्र पढे पनि यिनी विकासवादका प्रणेता चार्ल्स डार्बिनका अनुयायी बनिसकेका थिए । चार्ल्स डार्विनले मानिस लगायत सम्पूर्ण प्राणी र वनस्पतीको उत्पत्ति र विकासको प्रक्रियालाई वैज्ञानिक रुपमा विवेचना गरेर ‘द ओरिजिन अफ स्पीसिज’ नामक ग्रन्थ लेखेका थिए ।

त्यो ग्रन्थको विचारले सुरुमा प्रभावित गर्‍यो । त्यसैले उनी कट्टर नास्तिक भएर देखा परे । त्यसैले सुरुमा नास्तिकतासम्बन्धी उपन्यास लेखे । पछि फेरि बुद्धको दर्शनलाई गहिरो गरी अध्ययन गरे र बुद्ध दर्शन र बुद्ध धर्मप्रति आकर्षित बने ।

आफ्ना दार्शनिक मान्यताहरुको प्रयोग गरेर उपन्यास लेख्दै गए । जब ब्राइनहिल्ड नामको नाटक लेखे । त्यो नाटकले उनलाई चर्चाको शिखरमा पुर्‍याइदियो । यस कृतिबाट उनलाई प्रशस्त सम्पत्ति मिल्नुको साथै ठूलो इज्जत प्रतिष्ठा मिल्यो । त्यसपछिका तीन वर्ष जर्मनीमा लेखेर गुजारे ।

अनि उनको मिन्ना नामको उपन्यास प्रकाशित भयो । यस उपन्यासले पनि उनलाई ठूलो प्रतिष्ठा दिलायो ।

आफ्ना कृतिहरुमा पूँजीवादका विकृति, विसङ्गति र विद्रुपतालाई चित्रण गरेर उनले ठूलो लोकप्रियता कमाए । उनको लेखनको कदर तथा सम्मान गर्दै उनलाई सन् १९१७ को नोबेल पुरस्कार प्रदान गरियो । र यिनको निधन १९१९ मा भयो ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ४० बजे

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका

राष्ट्रियसभामा शून्य समय : ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौं- राष्ट्रियसभाको बैठकमा सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ घटनाको गम्भीर

सईले बर्दीमै रविको पक्षमा हस्ताक्षर गरेपछि…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम

मलेसियन लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह – ‘नेपालमा लगानी गरिदिनुस्‌’

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार