नेपाली सेना सामाजिक कार्यमा ‘साझेदारी गर्न तयार’ « Khabarhub

नेपाली सेना सामाजिक कार्यमा ‘साझेदारी गर्न तयार’


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले जनतासँग मिलेर सामाजिक, सामुदायिक र विकासका काममा सहयोग पुर्‍याउन सेना सधैँ तयार रहेको बताएका छन् ।

गजुरी गाउँपालिका– १ त्रिशूली नदी किनारस्थित रुद्रेश्वर मन्दिरसँगै नेपाली सेनाको देवीदत्त गणद्वारा निर्मित सुविधासम्पन्न शौचालय सोमबार हस्तान्तरण गर्दै बैरेनीस्थित श्री नं ६ बाहिनी अड्डाका प्रमुखसमेत रहेका उनले  प्राचीन तथा ऐतिहासिकस्थल व्यवस्थित गर्न सेनाले शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताए ।

‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत यस प्राचीन मन्दिरको मौलिकता जोगाउन र संरक्षणका लागि सेनाले सहयोग गर्दै आएको गजुरीस्थित देवीदत्तगणका प्रमुख सेनानी सुदिप बानियाँले उल्लेख गरे ।

गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम बस्नेतले गाउँपालिका र नेपाली सेनाले बजार सरसफाइलगायत कार्यमा साझेदारी गर्दै आएकामा आगामी दिन पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : ३१ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको