बंगलादेशविरूद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई « Khabarhub

बंगलादेशविरूद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज न्युजिल्याण्डले हात पारेको छ ।

नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको हो ।

वर्षाका कारण खेल अवरूद्ध भएपछि बंगलादेशलाई डीएल पद्धतिका आधारमा जितका लागि १६ ओभरमा १ सय ७१ रनको लक्ष्य दिइएकोमा उसले लक्ष्य भेट्टाउन सकेन ।

१६ ओभरमा बंगलादेशले ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।  तर, वर्षाले खेल विथोलिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ०१ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।