बंगलादेशविरूद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई « Khabarhub

बंगलादेशविरूद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज न्युजिल्याण्डले हात पारेको छ ।

नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको हो ।

वर्षाका कारण खेल अवरूद्ध भएपछि बंगलादेशलाई डीएल पद्धतिका आधारमा जितका लागि १६ ओभरमा १ सय ७१ रनको लक्ष्य दिइएकोमा उसले लक्ष्य भेट्टाउन सकेन ।

१६ ओभरमा बंगलादेशले ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।  तर, वर्षाले खेल विथोलिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना