काठमाडौँमा वर्षा, वायु प्रदूषण हट्ने अपेक्षा « Khabarhub

काठमाडौँमा वर्षा, वायु प्रदूषण हट्ने अपेक्षा


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा भएको छ ।

काठमाडौं उपत्यकासहित नगरकोट, काभ्रेको धुलिखेल लगायतका ठाउँमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद शान्ति कँडेलका अनुसार उपत्यकासहित कास्की लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ । यो वर्षा क्षणिक भएको मौसम महाशाखाले जनाएको छ ।

वर्षा भएसँगै काठमाडौं उपत्यका लगायतका ठाउँमा देखिएको वायु प्रदूषणमा केही राहत मिल्ने अपेक्षा गरिएको छ । सामान्य वर्षा भएका कारण तत्काल पूर्ण रुपमा वायू प्रदूषण भने नहट्ने उनले बताइन् ।

सरकारले वायू प्रदूषण बढेसँगै सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : १४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु